birat ribon

आईपीएल : दिल्ली र पञ्जाब प्रतिस्पर्धामा

Neuro
आईपीएल : दिल्ली र पञ्जाब प्रतिस्पर्धामा

विराटनगर, ४ असोज । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र किंग्स इलेभन पञ्जाबले खेल्दैछन् । नेपाली समयानुसार राति ७ः४५ बजेबाट सुरु हुने दिल्ली र पञ्जाबबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

यस खेलमा दुवै टिम पहिलो जितको खोजीमा हुनेछन् । दिल्लीको टिममा नेपालका लेग स्पीनर सन्दीप लामिछाने आबद्ध छन् । उनले आजको खेल खेल्ने या नखेल्नेबारे नेपाली खेल प्रशंसकको नजर रहनेछ ।

cura insider

श्रेयस अय्यरको कप्तानीमा रहने दिल्लीका लागि शिखर धवन, पृथ्वी श, रिषभ पन्त, शिमरन हेटमायर एलेक्स केरी, मार्कस स्टोनिस, अक्षर पटेल, रवीचन्द्रन आश्विन, एनरिच नोर्तेजे, इशान्त शर्मा र कागिसो रबाडाले खेल्ने सम्भावना धेरै छ ।

यस्तै केएल राहुलको कप्तानी रहेको पञ्जाबबाट, क्रिस गेल, निकोलस पूरन, मयङ्क अग्रवाल, ग्लेन म्यासवेल, सर्फराज शान करुण नायर, मन्दीप सिंह, क्रिस जोर्डन, के ग्वाथम, मोहम्मद शामी, शेल्डोन कोट्रेल मुबीब उर रहमान र रवी बिशोनीले खेल्ने सम्भावना धेरै छ ।

jackson ribon