birat ribon

युभेन्टसलाई साम्पोडियाको चुनौती

Neuro
युभेन्टसलाई साम्पोडियाको चुनौती

एजेन्सी, ४ असोज । इटालियन सिरी ‘ए’मा आज साविकको विजेता युभेन्टसले पहिलो खेल खेल्दैछ । साम्पोडोरियासँग खेल्दै युभेन्टसले नयाँ सिजनको सिरी ‘ए’ थाल्न लागेको हो ।

राति १२ः३० बजेबाट सुरु हुने यो खेल युभेन्टसको मैदानमा हुनेछ । यो खेलमा दुवै टोली पहिलो जितको खोजीमा छन् । शनिबारबाट सुरु भएको नयाँ सिजनको सिरी ‘ए’ मा दुवैले आज पहिलो खेल खेल्न लागेका हुन् ।

cura insider

युभेन्टसले इन्टर मिलानलाई उछिन्दै अघिल्लो सिजनको उपाधि जितेको थियो । अब, आज साम्पोडोरियामाथि जित निकाल्दै युभेन्टस सुखद सुरुआत गर्ने लक्ष्यमा हुनेछ ।

युभेन्टस र साम्पोडोरियाबाहेक सिरी ‘ए’मा आज अन्य तीन खेल हुँदैछन् । पर्मा र नापोलीले दिउँसो ४ः१५ बजेबाट खेल्नेछन् भने जेनोआ र क्रोटोनले साँझ ६ः४५ बजेबाट सुरु हुने खेलमा प्रतिस्पर्धा गर्दैछन् ।

यस्तै राति ९ः४५ बजे सासुओलो र क्याग्लिआरीले खेल्दैछन् ।

jackson ribon