birat ribon

कौटिन्हो सर्वाधिक मूल्यवान खेलाडी

Neuro
कौटिन्हो सर्वाधिक मूल्यवान खेलाडी

विराटनगर, ४ असोज । ब्रानिलियन स्टार फिलिप्पे कौटिन्होले बार्सिलोना फर्किएयता ठूलो प्रभाव पारिरहेका छन् । हालै जर्मन क्लब बायर्न म्युनिखबाट क्याप नोउ फर्किएका कौटिन्होले तीन खेल खेलिसकेका छन् ।

जुन, तीन खेलमा उत्कृष्ट प्रदर्शन गरेका उनी सर्वाधिक मूल्यवान खेलाडी पनि घोषित भएका छन् । शनिबार राति भएको जोन ग्याम्पर ट्रफी जितेपछि कौटिन्होले मोस्ट भ्यालुएबल खेलाडीको अवार्ड पाएका हुन् ।

cura insider

गए राति भएको खेलमा इल्चेलाई १–० गोलले हराउँदै बार्सिलोनाले उपाधि जितेको थियो ।
क्याप नोउमा भएको खेलमा बार्सिलोनालाई जिताउन एन्टोइन ग्रिजम्यानले निर्णायक गोल गरे ।

खेलपछि कौटिन्होलाई मोस्ट भ्यालुएबल खेलाडीको अवार्ड दिइएको थियो । बार्सिलोनाको आधिकारिक वेबसाइटमा राखिएको अनलाइन पोलमार्फत कौटिन्हो उत्कृष्ट चुनिएका हुन् ।

‘म वास्तवमै क्याप नोउबाट फेरि खेल्नका लागि उत्सुक थिएँ’, अवार्ड पाएपछि उनले भने, ‘म धेरै नै खुशी छु र राम्रो तरिकाले सिजन सुरुआत गर्नका लागि कडा मेहनत गरिरहेको छु । बार्सिलोना फर्किन पाउँदा मैले आफूलाई भाग्यमानी ठाकेको छु ।’

यता, बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोइम्यानले कौटिन्हो मेहनती भएको बताए । ‘हामीलाई आशा छ कि कौटिन्होको उत्कृष्ट प्रदर्शन हामीले हेर्न पाउनेछौं । उनले कठिन काम गरिरहेका छन् र उनले बार्सिलोनाका लागि ठूलो केही गर्न सक्छन् ।’

२८ वर्षीय कौटिन्होलाई बार्सिलोनाले ८.५० मिलियन युरोमा जर्मन पठाएको थियो । एक वर्ष लोनमा जर्मन बसेका उनले बायर्नको जर्सीमा च्याम्पियन्स लिग, बुन्डेसलिगा र जर्मन कपको उपाधि जितेका थिए ।

स्थायी खेलाडी बनाउन बायर्न असहमत भएपछि उनी पुनः क्याप नोउ फर्किए । हाल उनले कोइम्यान नेतृत्त्वको बार्सिलोनाबाट मौका पाइरहेका छन् । र, गोल र असिस्ट पनि गरिरहेका छन् ।

प्रि–सिजनअन्तर्गत दुवै मैत्रीपूर्ण खेलमा मौका पाएका उनले दुवै खेलमा गोल गरेका थिए । जिम्नास्टिकविरुद्धको खेलमा पेनाल्टीमा गोल गर्न सफल कौटिन्होले जिरोनासँगको खेलमा एक गोल र एक असिस्ट गरे ।

कोइम्यान नेतृत्त्वको टोलीमा उनी आत्मविश्वासी र खुशी देखिएका छन् । उनको आत्मबल र विश्वसनीयता देखेर कोइम्यान उनलाई मौका दिइरहेका छन् । पूर्वप्रशिक्षक अर्नेस्टो भाल्भेर्डेको नेतृत्त्वमा छँदा उनले कमै खेलमा मौका पाएका थिए ।

jackson ribon