birat ribon

सिसडोल ल्यान्डफिल साइड दशैंअघि नै : राज्यमन्त्री मानन्धर

Neuro
सिसडोल ल्यान्डफिल साइड दशैंअघि नै : राज्यमन्त्री मानन्धर

काठमाडौ, ४ असोज । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सिसडोल ल्यान्डफिल्ड साइड निर्माणको काम दशैअगाडि नै सम्पन्न हुने बताए ।

काठमाडौं र ललितपुरको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल्ड साइड निर्माणको काम दशैअगाडि नै सम्पन्न हुने राज्यमन्त्री मानन्धरले बताए । निर्माणस्थलको अनुगमनपछि राज्यमन्त्री मानन्धरले करिब ९० प्रतिशतकाम सम्पन्न भइसकेको बताए । कोरोनाका कारण जारी भएको लकडाउनका कारण समस्या देखिए पनि दशैअगाडि नै काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणको काम अघि बढिरहेको उनले बताए ।

cura insider

सिसडोल ल्यान्डफिल्ड साइड निर्माण आयोजनाका सुपरभाइजर कमल पोखरेलले ८५ प्रतिशतसम्म काम सकिएको बताए । बर्खाको समय र लकडाउनका कारण केही ढिला भए पनि अहिले काम तीव्र गतिमा अगाडि बढिरहेको उनले बताए । ल्याण्डफिल्डसँग जोडिएका अरु क्षेत्रमा पनि काम अगाडि बढेकाले छिटोभन्दा छिटो काम सम्पन्न गर्ने गरी अगाडि बढिरहेको उनले बताए ।

आयोजनाका फिल्ड सुपरभाइजर प्रतीक तामाङले लकडाउन खुलेपछि रफ्तारमा काम अगाडि बढिरहेको बताए । असोज अन्तिमसम्म फिल्ड निर्माणको काम सक्ने र कात्तिक पहिलो हप्ता सबै काम सम्पन्न गर्ने गरी अगाडि बढिरहेको उनले बताए ।

बन्चरे डाँडाँमा काठमाडौं उपत्यकाका दुई महानगरपालिका र १६ नगरपालिकाको फोहोर व्यवस्थापन हुने छ । बन्चरेडाडाँमा ल्यान्डफिल्ड साइड निर्माणका लागि संघीय सरकारले एक अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नुवाकोटकै सिसडोलमा दुई वर्षका लागि अस्थायीरुपमा फोहोर व्यवस्थापन गर्ने भनिए पनि वर्षौसम्म फोहोर व्यवस्थापन गरिँदा ल्यान्डफिल्ड साइड भरिएको छ । स्थानीयले सोही समस्या दोहोरिन सक्ने भन्दै यसअघि पटक–पटक निर्माणमा अवरोध गर्दै आएका थिए ।

jackson ribon