birat ribon

राजेश हमालद्वारा चलचित्र प्राविधिकलाई सहयोग

Neuro
राजेश हमालद्वारा चलचित्र प्राविधिकलाई सहयोग

विराटनगर ४ असोज । कोरोनाले निम्त्याएको लकडाउनका कारण आर्थिक अवस्था कमजोर रहेका फिल्म प्राविधिकलाई अभिनेता राजेश हमालले आर्थिक सहयोग गरेका छन् ।

प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले एक सय १३ जना प्राविधिकलाई हमालले पाँच लाख ६५ हजार सहयोग गरेको जानकारी दिएका हुन् । हमालले विभिन्न व्यक्तिसँगको सहयोगमा शनिबार चलचित्र प्राविधिक संघद्वारा काठमाडौमा आयोजित एक कार्यक्रममा एक सय १३ जना प्राविधिकलाई प्रतिव्यक्ति पाँच हजारको दरले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

cura insider

अभिनेता हमालले आफूले गरेको सहयोग ठूलो नभए पनि केही दिन जीवन चलाउन सहज हुने बताउँदै स्थिति सामान्य नभएको अवस्थामा प्राविधिकहरूलाई फेरि पनि सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । प्राविधिकहरूले अभिनेता हमालबाट प्राप्त सहयोगले समस्याबाट केही राहत मिलेको भनी खुसी व्यक्त गरेका छन् ।

jackson ribon