birat ribon

डिफेन्डिङ च्याम्पियन रियल मड्रिड र सोसिडाड भिड्दै

Neuro
डिफेन्डिङ च्याम्पियन रियल मड्रिड र सोसिडाड भिड्दै

विराटनगर, ४ असोज । साविकको विजेता रियल मड्रिडले आजबाट स्पेनिस ला लिगाको सुरुआत गर्दैछ । रियलले नेपाली समयानुसार आज राति १२ः४५ बजे रियल सोसिडाडसँग खेल्दै ला लिगाको थालनी गर्न लागेको हो ।

सोसिडाडको मैदानमा हुने यस खेलमा दुवै टोली पहिलो जितको खोजीमा छन् । रियलले पहिलो खेल खेल्न लागेको हो भने सोसिडाडले आज दोस्रो खेल खेल्दैछ ।

cura insider

यसअघि पहिलो खेलमा सोसिडाडले भाल्लाडोलिडसँग बराबरी खेल्दै १–१ अंक जोडेको थियो ।

रियल र सोसिडाडबाहेक आज अन्य तीन खेल हुँदैछन् । आज कार्डिजले हुएस्कासँग साँझ ९ः४५ बजेबाट सुरु हुने खेलमा प्रतिस्पर्धा गर्दैछ । यो खेल हुएस्काको मैदानमा हुनेछ ।

आज राति १०ः१५ बजे ग्रानडाले अल्भेसलाई आफ्नो मैदानमा आतिथ्यता प्रदान गर्दैछ । सोही समय रियल बेटिस र भाल्लाडोलिडले पनि खेल्नेछन् । यो खेल बेटिसको मैदानमा हुनेछ ।

jackson ribon