birat ribon

कोरोनाबाट एक सैनिकको मृत्यु

Neuro
कोरोनाबाट एक सैनिकको मृत्यु

काठमाडौ, ४ असोज । नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ ।

काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मृतक सैनिकको यही असोज १ गते कोरोना परीक्षणको नतिजा आएको थियो ।

cura insider

यसैबीच नेपाली सेनामा हालसम्म कोभिड–१९ को संक्रमण पुष्टि भएको संख्या दुई हजार ५६ पुगेको छ । तीमध्ये ४०१ जनालाई निको भइसकेको भने एक हजार ६५४ सक्रिय संक्रमित भएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।

jackson ribon