birat ribon

आइसोलेसनमा बस्न अस्वीकार गर्नेलाई १५ लाख जरिवाना

Neuro
आइसोलेसनमा बस्न अस्वीकार गर्नेलाई १५ लाख जरिवाना

विराटनगर ४ असोज । बेलायतमा आइसोलेसनमा बस्न अस्वीकार गर्नेलाई १० हजार पाउण्ड (नेपाली १५ लाखभन्दा बढी) सम्म जरिवाना तिर्नुपर्ने भएको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले कोरोना संक्रमण भएका व्यक्ति र कन्ट्याक ट्रेसिङमा परेका व्यक्तिहरू सेल्फ आइसोलेसनमा बस्न नमाने १० हजार पाउन्ड जरिवाना तिराउने निर्णय गरेका छन् । २८ सेप्टेम्बरदेखि संक्रमित तथा स्वास्थ्यकर्मीहरूले सूचित गरेका संक्रमितको सम्पर्कमा रहेकाहरू अनिवार्य आइसोलेसनमा बस्नुपर्ने नियम लागू हुने भएको छ ।

cura insider

कानुनअनुसार सेल्फ आइसोलेसनमा बस्न अस्वीकार गर्नेले सुरुमा न्यूनतम एक हजार पाउन्ड जरिवाना तिर्नुपर्ने हुन्छ । तर, पटक–पटक यो नियम उल्लंघन गरेमा वा धम्क्याएको खण्डमा यो जरिवानामा १० हजार पाउन्डसम्म पुग्नेछ । आफ्ना कामदारलाई सेल्फ आइसोलेसनमा बस्न निर्देशन दिन बेवास्ता गर्ने रोजगारदाताले पनि जरिवाना तिर्नुपर्ने बताइएको छ ।

केही कम आय भएका पीडितहरूले पाँच सय पाउन्ड समर्थन भुक्तानी प्राप्त गर्नेछन् । हालको सरकारको मार्गदर्शनअनुसार मानिसहरूलाई कोभिड १९ संक्रमितहरूमा लक्षणहरू देखिएपछि कम्तिमा १० दिनको लागि आइसोलेसनमा बस्न र उनीहरूका परिवारका अन्य व्यक्तिहरूलाई १४ दिनको लागि घरभित्रै बस्नुपर्ने हुन्छ ।

jackson ribon