birat ribon

किड्नीको समस्या भएकाहरूले चिनीको मात्रालाई नियन्त्रणमा राख्नुपर्छ

Neuro
किड्नीको समस्या भएकाहरूले चिनीको मात्रालाई नियन्त्रणमा राख्नुपर्छ

विराटनगर, ४ असोज । गम्भीर किड्नीको समस्याहरू मधुमेहसँग सम्बन्धित हुन्छन् ।

मधुमेहले किड्नीमा भएको रक्तनलीहरूलाई बिगार्ने काम गर्छ जसकारण उनीहरू कमजोर हुँदै जान्छन् । कमजोर किड्नीले शरीरका विषाक्तहरूलाई निकाल्नलाई धेरै मेहनत गर्नुपर्छ । किड्नीले राम्रोसँग कामगर्न नसक्दा किड्नी फेलियरसमेत हुने सम्भावना रहन्छ । किड्नीको समस्या भएका मानिसहरूले रगतमा चिनीको मात्रालाई नियन्त्रणमा राख्न एकदम ध्यान दिनुपर्ने हुन्छ ।

cura insider

सुगरको मात्रा नियन्त्रण गर्नका लागि एकैपटक धेरै खानुभन्दा दिनमा पाँचदेखि छपटक थोरै–थोरै खान उचित हन्छ । मधुमेहका रोगीहरू छ घण्टासम्म भोकै रहनु हुँदैन । मधुमेहको औषधि सेवन गरिरहेका व्यक्तिहरूले नियमितरुपमा आफ्नो ब्लड सुगर जाँच गरिरहनु पर्ने हुन्छ । रगतमा सुगरको मात्रा धेरै तथा थोरै भएमा स्वास्थ्यमा अन्य समस्या हुन सक्ने हुँदा रगतमा सुगरको मात्रालाई नियन्त्रणमा राख्नुपर्छ ।

मधुमेहको समस्या भएका मानिसहरूले रगतमा सुगरको मात्रा मात्र नभएर कोलेस्ट्रोल र लिपिड लेभललाई पनि नियन्त्रणमा राख्नुपर्छ । प्रशोधित तथा धेरै क्यालोरी भएको खाना किड्नीका रोगीहरूलाई मात्र नभएर समान्य मानिसहरूलाई पनि राम्रो मानिदैन । यसको साटो खानामा हरियो सागसब्जी, फलफूल, कम फ्याट भएको डेरी प्रडक्ट्स र प्रोटिन समावेश गर्नुपर्छ ।

मधुमेहका रोगीले चिनीको साटो चिनीको विकल्पहरूको प्रयोग गर्नुपर्छ । चिनी भएको खानेकुरा तथा पेय पदार्थहरू पनि खान छोड्नु नै उचित हुन्छ । मधुमेहसम्बन्धी किड्नीको समस्या भएमा चिनीले मात्र नभएर नुनको सेवनले पनि फरक पार्छ ।

दैनिक खाने नुनको मात्रा सीमित गर्ने वा सम्भव भए नुनको विकल्पको प्रयोग गर्नुपर्छ । खानामा पछिबाट काँचो नुन छर्कनु हुँदैन । मधुमेह बिरामीका लागि व्यायाम धेरै महत्वपूर्ण हुन्छ ।

मधुमेह रोगीहरू शारीरिकरुपमा सक्रिय रहनु पर्छ । स्वस्थ रहनका लागि ३० मिनेटसम्म दौडिन वा हिँड्न पनि पर्याप्त हुन्छ । आफ्नो मन शान्त र मधुमेहको लक्षण प्रबन्ध गर्न योग पनि गर्न सकिन्छ । रगतमा फस्फोरस र पोटासियमको अधिक मात्राले गम्भीर किड्नीको समस्या निम्त्याउन सक्ने हुँदा कम फस्फोरस र पोटासियमयुक्त खाद्य पदार्थहरूको सेवन गर्नुपर्छ । खानामा फाइबरको मात्रालाई बढाउने प्रयास गर्नुपर्छ ।

jackson ribon