birat ribon

प्रिमियर लिग : आर्सनलको लगातार दोस्रो जित

Neuro
प्रिमियर लिग : आर्सनलको लगातार दोस्रो जित

विराटनगर, ४ असोज । आर्सनलले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा आर्सनलले वेस्ट ह्याम युनाइटेडमाथि २–१ गोलको जित निकालेको हो ।

आर्सनलको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन अलेक्जेन्ड्रे लाकाजेट र एडवर्ड निक्केयाले समान एक–एक गोल गरे । वेस्ट ह्यामका मिचाइल एन्टोनियोले एक गोल फर्काए ।

cura insider


लाकाजेटले खेलको २५औं मिनेटमा गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४५औं मिनेटमा एन्टोनियोले गोल गर्दै वेस्ट ह्यामलाई बराबरीमा फर्काएका थिए ।

खेलको ८५औं मिनेटमा निक्केयाले गोल गर्दै आर्सनललाई लगातार दोस्रो जित दिलाए ।

यससँगै आर्सनल ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

jackson ribon