birat ribon

डर्टमण्डको सुखद सुरुआत, हालाण्डको दुई गोल

Neuro
डर्टमण्डको सुखद सुरुआत, हालाण्डको दुई गोल

विराटनगर, ४ असोज । जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमण्डले सुखद सुरुआत गरेको छ ।

शनिबार राति भएको सिजनको पहिलो खेलमा बोरुसियाले मुन्चेनग्लाडबाचविरुद्ध ३–० गोलको जित निकालेको हो ।

cura insider

डर्टमण्डको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन इयर्लिङ ब्राउट हालाण्डले दुई गोल गरे भने जियोभानी रेइनाले एक गोल गरे ।

डर्टमण्डले खेलको ३५औं मिनेटमा जियोभानीको गोलबाट अग्रता बनाएको थियो ।

यस्तै खेलको ५४औं मिनेटमा हालाण्डले पेनाल्टीमा गोल गर्दै डर्टमण्डको अग्रता दाेब्बर बनाए ।

यसैगरी ७७औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ३–० को जित दिलाए ।

यससँगै डर्टमण्डले ३ अंक जोडेको छ ।

jackson ribon