birat ribon

अमेरिकामा टर्‍यो टिकटकमाथिको प्रतिबन्ध

Neuro
अमेरिकामा टर्‍यो टिकटकमाथिको प्रतिबन्ध

विराटनगर, ४ असोज । अमेरिकामा तत्कालका लागि चिनियाँ स्वामित्वको एप्लिकेशन टिकटकमाथिको प्रतिबन्ध टरेको छ ।

टिकटकलाई अमेरिकामा सञ्चानलनलाई निरन्तरता दिने सम्झौतालाई राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकृति प्रदान गरेपछि प्रतिबन्ध टरेको हो । ट्रम्पलेले अमेरिकामा टिकटक सञ्चालनका सम्बन्धमा चिनियाँ कम्पनी बाइटडान्स, अमेरिकी कम्पनीहरु ओरेकल र वालमार्टबीचको सम्झौतालाई सहमति प्रदान गरेका हुन् ।

cura insider

प्रयोगकर्ताको सूचना चीन सरकारलाई दिएको आरोप लगाउँदै ट्रम्पले राष्ट्रिय सुरक्षामा खतरा पैदा भएको भनेर टिकटकमाथि प्रतिबन्ध लगाएका थिए। टिकटकले भने उक्त आरोप स्वीकार गरेको छैन ।

शनिबार बाइटडान्स र ओरेकल तथा वालमार्टबिच भएको सम्झौताले झण्डै १०० मिलियन अमेरिकी प्रयोगकर्ताको जानकारी सुरक्षित रहने निश्चित भएको ट्रम्पले बताएका छन्। उनले सुरक्षा शतप्रतिशत निश्चित भएकाले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गरिएको पत्रकारहरुलाई बताए । अमेरिकामा टिकटक तथा वीच्याटको डाउनलोड प्रतिबन्धित गर्ने घोषणा गरिएको थियो ।

jackson ribon