birat ribon

चलचित्रकर्मी कश्यपमाथि यौन उत्पीडनको आरोप

Neuro
चलचित्रकर्मी कश्यपमाथि यौन उत्पीडनको आरोप

विराटनगर, ४ असोज । चलचित्रकर्मी अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लागेको छ ।

कश्यपले आफूसँग जबरजस्ती गर्ने प्रयास गरेकोभन्दै बलिउड अभिनेत्री पायल घोषले उक्त आरोप लगाएकी हुन् । उनले ट्वीट गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कश्यपलाई कानुनी कारबाही हुनु पर्ने माग राखेकी छन् । कारबाही भएमात्रै वास्तविकता देशले थाहा पाउने घोषको जिकिर छ ।

cura insider

आफूमाथि भएको यौन उत्पीडनका बारेमा बाहिर ल्याउँदा सुरक्षा खतरा पनि बढेको जिकिर उनले गरेकी छन् । आफ्नो सुरक्षा र दोषीमाथि कारबाहीका लागि सहयोग गर्न उनले प्रधानमन्त्री मोदीलाई आग्रह गरेकी हुन् ।

घोषको ट्वीटलाई अभिनेत्री कंगना रनौतले रिट्वीट गरेर लेखेकी छन्, ‘हरेक आवाजले महत्व राख्छ । अनुराग कश्यपलाई गिरफ्तार गर।’ पायल घोषको यो ट्वीटलाई रिट्वीट गर्दै भारतको राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माले घटनाको पूरा विवरणबारे जानकारी मागेकी छन्। रेखा शर्माको रिट्विटमा जवाफ दिँदै पायलले भनेकी छन्, ‘जरुर म अवश्य जानकारी दिनेछु।’

अनुराग कश्यपले पनि आफूमाथि लागेको आरोपबारे ट्विट गरेका छन्। मध्यरातमा चारवटा ट्विट गर्दै उनले लेखेका छन्, ‘क्या बात ? यति समय लिएर मलाई चुप लगाउने प्रयास भयो । ठीकै छ, मलाई चुप लगाउने प्रयासमा यति झुठ बोलियो कि महिला भएर पनि महिलाको खेदो खनियो । अलिकति मर्यादा राखौँ मेडम । म मात्रै यति भन्छु कि जो आरोपहरु ममाथि लागेका छन् यी सबै बदनियतपूर्ण छन्।’

अनुरागले अर्को ट्वीटमा भनेका छन्, ‘ मेडम दुईवटा विवाह गरेके छु अपराध हो भने मञ्जुर छ । धेरै प्रेम गरेको छु त्यो पनि कबुल गर्छु।’

अनुराग कश्यपले पायलको आरोपको जवाफमा भनेका छन्, ‘चाहे मेरो पहिलो श्रीमती हुन् या दोस्रो या कुनै प्रेमिका या अरु कुने अभिनेत्री जोसँग मैले काम गरेको छु या ती सबै युवतीहरु जो मसँग टीममा रहेर काम गर्छिन्, या ती सबै जोसँग मैले उठबस गरे एक्लै या जनताकाबीचमा । म आरोप लगाइ जस्तो व्यवहार न कहिल्यै गर्छु न यस्ता क्रियाकलाप सहन्छु । बाँकी जे हुन्छ हेर्दै जाउँला । तपाईँको अंग्रेजीको जवाफ हिन्दीमा दिएकोमा माफी।’

jackson ribon