birat ribon

कल्भर्टमा डुबेको अवस्थामा मृत फेला

Neuro
कल्भर्टमा डुबेको अवस्थामा मृत फेला

विराटनगर, ४ असोज । मोरङको सुन्दरहरैंचा नगरपालिका–५ का ५८ वर्षीय मनकुमार तामाङ कल्भर्टको पानीमा डुबेको अवस्था आइतबार बिहान मृत फेला परेका छन् ।

शनिबारदेखि परिवारको सम्पर्कमा नरहेका उनलाई स्थानीयले डुबेर मृत्यु भएको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए । तामाङ प्राय मादक पदार्थ सेवन (मापसे) गरेर हिँड्ने गरेको प्रहरीले जनाएको छ ।

cura insider

मापसे गरेर लडेका कारण उठ्न नसक्दा कल्भर्टको पानीमा डुबेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले शव पोस्टमार्टमका लागि लगेर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

jackson ribon