birat ribon

बेलायतमा कोरोनाको दोस्रो लहर

Neuro
बेलायतमा कोरोनाको दोस्रो लहर

विराटनगर, ४ असोज । कोरोना भाइरस (कोभिड–१९) बाट युरोपमा सबैभन्दा बढी प्रभावित बेलायतमा दोस्रो लहर सुरु भएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा भाइरसको दोस्रो लहर (वेभ) आइसकेको बताउँदै सरकारले थप कडाइ गर्न विचार गरिरहेको बताएका छन् । प्रधानमन्त्री जोन्सनले संक्रमण रोक्नका लागि अलिक कडा खालका प्रतिबन्ध लगाउनुपर्ने अवस्था आउन सक्ने पनि बताएका छन् ।

cura insider

संक्रमण नियन्त्रणका लागि सरकारले अघिल्लो सोमबारदेखि ६ जनाभन्दा बढीको जमघटमा प्रतिबन्ध लगाएको छ । अघिल्लो दिन स्वास्थ्यमन्त्री म्याट हयानककले राष्ट्रव्यापी लकडाउन गर्ने सरकारको चाहना नभए पनि आवश्यक परे उक्त विकल्पका लागि पनि तयार रहनुपर्ने बताएका थिए ।

दुई सातायता संक्रमण बढ्न थालेपछि इंग्ल्यान्डमा कतिपय क्षेत्रमा कडा प्रतिबन्ध सुरु भइसकेको छ । बेलायतमा गत शुक्रबार पछिल्लो २४ घण्टामा साढे ४ महिना (८ मे) यताकै सबैभन्दा बढी संक्रमित थपिए । ‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयर’ को तथ्यांकअनुसार थप ४ हजार ३ सय २२ जना नयाँ संक्रमित थपिएका हुन् । आजको कान्तिपुर दैनिकमा समाचार छ

jackson ribon