birat ribon

‘संविधान सबैको मियो’

Neuro
‘संविधान सबैको मियो’

विराटनगर, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताद्वारा, जनताका लागि जननिर्वाचित प्रतिनिधिबाट लेखिएको वर्तमान संविधान सबै नेपाली अटाउने गतिशील दस्तावेजको ‘मियो’ भएको बताएका छन् ।

‘छैटौँ संविधान दिवस एवम् राष्ट्रिय दिवस–२०७७’ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै आशङ्का वा अस्पष्टता छन् भने संवादका माध्यमबाट तिनलाई हटाउन सरकार सदैव तयार रहेको स्पष्ट पारे ।

cura insider

‘लोकतन्त्र प्राप्तिको सात दशकभन्दा लामो सङ्घर्षमा हामीले सामन्ती प्रतिक्रियावादी राज्य सत्ताविरुद्ध जनतालाई परिचालित ग¥यौँ,’ उनले भने , ‘‘जनताको सङ्घर्ष र बलिदानलाई साकार पार्न सबै दल÷समूहहरू राष्ट्रिय मूलधारमा सामेल भई सिर्जनशील र रचनात्मक बन्न जरुरी छ ।’’

प्रधानमन्त्री ओलीले २०७२ असोज ३ गते संविधान सभाबाट नयाँ संविधान जारी भएकै दिनदेखि ढाल्नुपर्ने र फाल्नुपर्ने राज्य व्यवस्था सधैँका लागि समाप्त भइसकेको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon