birat ribon

कोरोनाका कारण साना मुलुकको विकास खतरामा

Neuro
कोरोनाका कारण साना मुलुकको विकास खतरामा

विराटनगर, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विशेषगरी विकासोन्मुख, अतिकम विकसित र साना मुलुकहरूले दुःखका साथ गरेको विकासलाई खतरामा पारेको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घ महासभाको ७५औँ साधारण सभाका विविध कार्यक्रममध्ये एक दिगो विकाससम्बन्धी एक उच्च स्तरीय बैठक (एसडीजी मोमेन्ट–२०२०) लाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने , ‘‘अर्थतन्त्र, राजस्व सङ्कलन, बढ्दो सार्वजनिक खर्च, बढ्दो गरिबी र बेरोजगारीमा गम्भीर असर पारेकाले विकासोन्मुख मुलुकले दिगो विकासको अनुभूति गर्न पाएका छैनन् ।’’

cura insider

दिगो विकासको लक्ष्यलाई अगाडि बढाउन अहिलेको प्रतिकूल अवस्थाका कारण नसकिने भन्दै उनले विश्वव्यापी कार्यलाई भने स्पष्टताका साथ जारी राख्नुपर्नेमा जोड दिए । ‘एसडीजी मोमेन्ट २०२०’ अन्तर्गत एसिया प्यासेफिक क्षेत्रका मुख्य पाँच मुलुकमध्ये नेपाल पनि एक हो । आजको गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon