birat ribon

कसरी बच्ने कोरोनाबाट ?

Neuro
कसरी बच्ने कोरोनाबाट ?

विराटनगर, ४ असोज । स्थानीय तहका जनप्रतिनिधिहरूले नागरिकको सचेतना नै कोरोना भाइरस ९कोभिड–१९० बाट बच्ने प्रभावकारी उपाय भएको बताएका छन् ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्यञ्जुले कोरोना भाइरसबाट सिर्जित समस्या समाधान सरकार र जनप्रतिनिधिले मात्र गरेर नहुने भन्दै यसमा नागरिक आफैँ सचेत बन्नुपर्ने सुझाव दिए । अब आर्थिक पक्ष चलायमान बनाउन नसके कोरोनाले भन्दा पनि भोकमरीको समस्या उत्पन्न हुनसक्नेप्रति उनले चिन्ता व्यक्त गरे ।

cura insider

प्रमुख व्यञ्जुका अनुसार हरेक नागरिकले मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न सके कोरोना नियन्त्रण हुन सक्ने भन्दै त्यसका लागि नागरिक सचेत बन्नुपर्छ ।

तत्काल कोरोना हट्ने सम्भावना नभएको र सधैँ बन्द गरेर उद्योगधन्दा, व्यापार व्यवसाय झनै चौपट बन्दै गएकाले कोरोनाबाट उत्पन्न अबको परिस्थितिअनुसार नागरिक आफैँ सचेत बनेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने चुनौती छ । उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना रोकथाम र नियन्त्रणका लागि नागरिक आफैँ सचेत भई सतर्क रहन आग्रह गरे। आजको गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon