birat ribon

पीडितलाई ‘पञ्च’को धम्की

Neuro
पीडितलाई ‘पञ्च’को धम्की

विराटनगर, ४ असोज । किशोरी छोरीले आत्महत्या गरेपछि प्रहरीमा उजुरी दिएकी रधियादेवी मण्डललाई पञ्च र आरोपितका परिवारबाट उक्त उजुरी फिर्ता लिन धम्की आउन थालेको छ ।

आँट, भरोसा र आस दिनेभन्दा धम्क्याउने काम बढी भएको उनको गुनासो छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुरकी रधियादेवीकी १७ वर्षीया छोरी संगीता हालै सामूहिक बलात्कारको सिकार भएकी थिइन्।

cura insider

तर, गाउँका ‘पञ्च’ले उजुरी दिन प्रहरीमा जान रोक लगाउँदै चार दोषीबाट क्षतिपूर्ति भराउने निर्णय सुनाएका थिए। गाउँलेले आफ्नो ‘अस्मिताको मूल्य’ तोकेपछि संगीताले पासो लगाएर मंगलबार मृत्युको बाटो रोजेकी थिइन्।

‘पञ्चहरूले प्रहरीमा उजुरी गर्न रोक लगाए र पीडितलाई भेलामा बोलाएर हाँसोको पात्र बनाएर थप पीडा दिए’, रधियादेवीले भनिन्, ‘५५ हजार सानो रकम होइन, खुरुक्क लेऊ। चुप लागेर बस भनेर पञ्चहरूले अस्मिताको मूल्य तोक्दै व्यंग्य नगरेको भए सायद मेरी छोरीले मृत्युको बाटो रोज्दिन थिइन् होला।’

रोजगारीका लागि १३ वर्षअघि भारतको पञ्जाब गएका उनका श्रीमान् फर्किएनन्। जेठी छोरीको विवाह जसोतसो गरिन्। ठूलो छोरा श्याम मलेसियामा छ। घरखेतको काममा सघाउने छोरी संगीताले आत्महत्या गरिन्। संगीताका भाइ दिदीको क्रियामा बसेका छन्। कान्छी छोरी सबिता बालकै छिन्। आजको अन्नपूर्ण पोस्टमा समाचार छ

jackson ribon