birat ribon

नेपाली भूमि कब्जा गरेर बनायो चीनले संरचना

Neuro
नेपाली भूमि कब्जा गरेर बनायो चीनले संरचना

विराटनगर, ४ असोज । व्यापारिक प्रयोजनका लागि चिनियाँ पक्षले नेपाली भूमि कब्जा गर्दै हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी गाउँस्थित लाप्चामा नौवटा घर बनाएको छ।

गउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले सिमानाभन्दा २ किलोमिटर यता नेपाली भूमि कब्जा गरेर चिनियाँ पक्षले एकतर्फी रूपमा भवन बनाएको जानकारी दिए। अध्यक्ष लामाले यी भौतिक संरचना के कुराका लागि भनेर थाहा नभएको रआफूले बुझ्न खोज्दा चिनियाँ पक्षका जिम्मेवार अधिकारी सम्पर्कमा नआएको बताए ।

cura insider

लिमी–लाप्चा सडक निर्माणका क्रममा सोही स्थानमा तीनवटा भवन २०६६ सालमा निर्माण गरिएको थियो। उक्त क्षेत्र नेपाली भूभाग भए पनि चिनियाँ सुरक्षाकर्मीले नेपालीलाई प्रवेश गर्न दिएका छैनन्। तर, चिनियाँ सुरक्षाकर्मी गाडी चढेर नेपाली भूभागमा ओहोरदोहोर गर्ने गरेको अध्यक्ष लामाले बताए।

भवन बनाएको स्थानभन्दा एक किलोमिटर पर १२ नम्बर सीमास्तम्भ छ। वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले अर्काको जमिनमा भवन बनाउन नाम्खा गाउँपालिकासँग समन्वय गर्नुपर्नेमा त्यसो नगरेको सुनाए।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले १२ नम्बर सीमास्तम्भ र नेपाली भूभागमा भवन बनेको जानकारीमा आएको बताए। त्यसबारे बुझ्न र सीमास्तम्भको अनुगमन गर्न संयुक्त सुरक्षा निकायको टोली लाप्चा पुगेको उनको भनाइ छ। आजको अन्नपूर्ण पोस्टमा समाचार छ

jackson ribon