Rumpum Advertisement

संक्रमितको घर निर्मलीकरण गर्दै युवा

Neuro Revised Adv
Koshi Dashain ad
संक्रमितको घर निर्मलीकरण गर्दै युवा

विराटनगर, ३ असोज । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको विराटनगरमा सामाजिक अभियान्ता दिपक ढकालको टोलीले संक्रमितकाे घर निर्मलीकरण अभियान सुरु गरेको छ ।

उद्योगी समेत रहेका ढकाल, विद्यार्थी नेता दिपेन्द्र मेहतासहितको टोलीले संक्रमितको घर निर्मलीकरण अभियान सुरु गरेको हो । आधुनिक मेसिनले स्टीम प्रणाली मार्फत संक्रमितको घरमा निर्मलीकरण अभियान सुरु गरेको ढकालले बताए ।

कोरोना संक्रमितलाई समाजले गर्ने व्यावहारमा परिवर्तन ल्याउनका लागि अभियान सुरु गरेको उनले बताए । साे समूहले करिब पाँचसय घर सेनिटाइज गरिसकेको छ ।