Rumpum Advertisement

संविधान दिवसमा विराटनगरमा प्रदर्शन

Neuro Revised Adv
Koshi Dashain ad
संविधान दिवसमा विराटनगरमा प्रदर्शन

विराटनगर, ३ असोज । सरकारले संविधान दिवस मनाइरहदा जनता समाजवादी पार्टी नेपालले संविधानको विरोधमा प्रदर्शन गरेको छ । शनिबार प्रदेश १ को राजधानी विराटनगरमा जनता पार्टीले प्रदर्शन गरेको हो ।

सरकारले विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइरहेको अवस्थामा विराटनगरमा संविधानमा रहेको विभेदकारी प्रावधान खारेज माग गर्दै प्रदर्शन भएको हो ।

मधेश आन्दोलनको मर्म र भावनालाई वाईपास गरेर संविधान जारी भएकाले संविधान दिवसको दिन विरोध गरेको जनता पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले बताए ।

केन्द्रिय सदस्य संञ्जय सिहंले मधेश आन्दोलनको भावना समेटेर संविधान संशोधन नगरे सम्म कालो दिवस मनाइरहने बताए ।

दोश्रो संविधानसभाबाट २०७२ असोज ३ गते नेपालको संविधान २०७२ घोषणा भएको थियो । संविधान जारीभएयता मधेवसादी दलले संसोधन गर्नुपर्ने माग राख्दै आएका छन् ।