Rumpum Advertisement

तीन साहित्यकार सम्मानित हुने

Neuro Revised Adv
Koshi Dashain ad
तीन साहित्यकार सम्मानित हुने

विराटनगर, ३ असोज । विराट साहित्य संगमले तीनजना साहित्यकारलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ ।

विराट साहित्य संगम सम्मान पुरस्कार खेमराज खनाल (खखेरा) इनरुवा, यमुनादेवी वैजनाथ भट्टराई स्मृति विसास पुरस्कार भगवती पाण्डे, चितवनलाई प्रदान गरिने निर्णय भएको साहित्य संगमका सचिव गोपाल निर्भिकले बताए ।

असोज २४ गते शनिबार मासिक साहित्य गोष्ठीमा प्रदान गरिने बताइएको छ ।

त्यस्तै, राधादेवी स्मृति विसास पुरस्कार कात्तिक ३ गते वार्षिक स्मृतिका अवसरमा सरला चापागाईंलाई प्रदान गर्ने निर्णय भएको निर्भिकले बताए ।