Rumpum Advertisement

घिमिरे र आचार्यलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार

Neuro Revised Adv
Koshi Dashain ad
घिमिरे र आचार्यलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार

विराटनगर, ३ असोज । विराटनगरका पत्रकार तारा आचार्य र माधव घिमिरेलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम गरी पुरस्कार प्रदान गरेको हो ।

कान्तिपुर दैनिक प्रदेश १ का ब्युरो प्रमुख पत्रकार घिमिरे र न्युज २४ टेलिभिजनकी पत्रकार तारा आचार्यलाई भर्चुअल कार्यक्रममा जनही १५ हजार राशीको पुरस्कार प्रदान गरिएको हो ।

युनियनको स्थापना दिवसको सन्दर्भ पारेर गरिंदै आएकोमा यो पटक भर्चुअल रुपमा नै कार्यक्रम गरी पुरस्कारको राशी अनलाइन बैंककिङ प्रणाली(आईपीएस) मार्फत पुरस्कृत पत्रकारको खातामा पठाइएको र सम्मान पत्र युनियनका पदाधिकारीले घरमै लगिदिने युनियनका मोरङ अध्यक्ष कुमार लुइँटेलले बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले विगत ५ वर्षदेखि वितरण हुँदै आएको यस पुरस्कारलाई स्थायी र दिगो बनाउन अक्षयकोष स्थापना गर्न पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

शैलजा स्मृति पत्रकारिता पुरस्कारबाट यसअघि, विराटनगरका पत्रकार शेखर रेग्मी, शंकर खरेल, शंकर लुइँटेल, सुशीला पाठक, रंञ्जीता पोखरेल, नरेन्द्र बस्नेत, मदनबाबु प्रसाईलगायत पुरस्कृत भइसकेका छन् ।