Rumpum Advertisement

महासंघ प्रदेश समिति आफ्नै भवनमा

Neuro Revised Adv
Koshi Dashain ad
महासंघ प्रदेश समिति आफ्नै भवनमा

विराटनगर, ३ असोज । नेपाल पत्रकार महासंघ प्रदेश १ समिति आफ्नै कार्यालय भवनमा सरको छ ।

संविधान दिवसको अवसरमा शनिबार विराटनगर महानगरपालिका-५ मा बन्दै गरेको भवनमा सरेको हो ।

प्रदेश सरकारको सहयोग तथा विराटनगर महानगरपालिकाले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरी कार्यालय सारिएको पत्रकार महासंघ प्रदेश १ अध्यक्ष विक्रम लुईँटेलले बताए ।

चार तले भवन बनाउने गरी काम सुरु गरे पनि यो वर्ष दशैंअघि दुई तला पूर्णरुपमा सम्पन्न हुने अध्यक्ष लुईँटेलले बताए ।

प्रदेश पत्रकार महासंघमा आफ्नै भवन बनाउने यो पहिलो प्रदेश समिति हो ।