Rumpum Advertisement

प्रदेशमा ७१ जना संक्रमणमुक्त, ५९ थपिए संक्रमित

Neuro Revised Adv
Koshi Dashain ad
प्रदेशमा ७१ जना संक्रमणमुक्त, ५९ थपिए संक्रमित

विराटनगर ३ असोज । शनिबार प्रदेश १ मा ५९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ, झापा सुनसरी र प्रदेश १ बाहिर गरी जम्मा ५९ संक्रमित थपिएका हुन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ३२, सुनसरीमा २२, झापामा ४ र प्रदेश १ बाहिरका १ जनालाई संक्रमण पुष्टि भएको छ । मोरङको रतुवामाईमा १० जना, विराटनगरमा ७ जना, बुढीगंगामा पाँचजना, कटहरीमा चारजना, धनपालथानमा तीनजना, पथरीशनिश्चरे, बेलबारी र जहदामा १–१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा २ महिला ७ पुरुष, रामधुनीमा ७ पुरुष, धरानमा १ महिला ५ पुरुष, झापाको विर्तामोडमा ४ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषमा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ४९६ पुगेको छ ।

७१ जना संक्रमणमुक्त

प्रदेश १ बाट आज ७१ जना डिस्चार्ज भएका छन् ।

होम आईसोलेसनबाट ४५, गढी आईसोलेसन केन्द्र, सुनसरीबाट १४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट ७, वि.जेनरल अस्पताल आईसोलेसन हरिनगर, सुनसरीबाट ३ जना, मारवाडी सदन आईसोलेसन, कालिसदन आईसोलेसन विराटनगरबाट १–१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५०३ पुगेको छ ।