Rumpum Advertisement

कोरोनाका कारण मृत्यु हुनेको संख्या चार सय नाघ्यो, ६२ हजार नाघे संक्रमित

Neuro Revised Adv
Koshi Dashain ad
कोरोनाका कारण मृत्यु हुनेको संख्या चार सय नाघ्यो, ६२ हजार नाघे संक्रमित

विराटनगर, ३ असोज । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ सय नाघेको छ । पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४०१ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ महिला र ४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ । आज मोरङमा ६५ वर्षीया, रौतहटमा ५१ वर्षीय, सर्लाहीमा ५६ वर्षीया तथा ललितपुरमा ७६ र ६८ वर्षीय महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

यस्तै काठमाडौंमा ७७ र मकवानपुरमा ३७ वर्षीय महिला गरी ७ जना महिलाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

ललितपुरमा ६० वर्षीय, काठमाडौंमा ७५ वर्षीय, रुपन्देहीमा ६९ वर्षीय र बाँकेमा ४५ वर्षीय पुरुष गरी ४ जनाको मृत्यु भएको छ ।

देशभर कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । आज मात्रै १ हजार २ सय ४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १० हजार ३ सय ३३ पीसीआर परीक्षण भएकोमा ४ सय ८ जना महिला र ७ सय ९६ जना पुरुषमा संक्रमण देखिएको हो ।

देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार १ सय २९ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ३ सय ७३, प्रदेश नम्बर २ मा ८ सय ७८, बागमती प्रदेशमा ५ हजार २ सय २३ र गण्डकी प्रदेशमा ८ सय ३७ जना संक्रमित रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय १७, कर्णाली प्रदेशमा २ सय ९० र सुदूरपश्चिम प्रदेशमा ३ सय ३५ गरी देशभरी संस्थागत आइसोलेनमा ९ हजार १ सय ५३ जना संक्रमित उपचाररत रहेका छन् ।

होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार २ सय ८९, प्रदेश नम्बर २ मा १ हजार ७७, बागमती प्रदेशमा ४ हजार २ सय ९१ र गण्डकी प्रदेशमा १ सय ८७ जना संक्रमित रहेका छन् ।

प्रदेश नम्बर ५ मा ६ सय ९७, कर्णाली प्रदेशमा १ सय ८६ र सुदूरपश्चिम प्रदेशमा २ सय ८९ गरी देशभरी ७ हजार ९ सय ७६ संक्रमित होम आइसोलेसनमा रहेका छन् । यस्तै आइसियुमा १ सय ७९ जना र भेन्टिलेटरमा ३५ जना संक्रमित उपचाररत रहेका छन् ।

आज १ हजार ४ सय ४७ संक्रमित निको भएर घर फर्किएका छन् । देशभरी ४५ हजार २ सय ६७ संक्रमित निको भएर घर फर्किएका छन ।