Rumpum Advertisement

गजल

Neuro Ad
गजल

हिक्मत थापा

हेर्दाहेर्दै रङ फेर्ने रारा ताल हो जिन्दगानी ।
किनारामै डुबाउने मनको छाल हो जिन्दगानी ।

थुप्रै पटक माझी दाइले पासो थापे नियतिको,
माछा–माछा भ्यागुतोझैँ रित्तो जाल हो जिन्दगानी ।

जति दागा धसे पनि बिर्सी छोडी गए पनि,
आफ्नै ठाउँमा अडिबस्ने सतिसाल हो जिन्दगानी ।

अनेक माया जिन्दगीका बुझी कहिले नसकिने,
आफैँ राजा आफैँ रङ्क जोगी चाल हो जिन्दगानी ।