Rumpum Advertisement

नेताको प्रतिष्ठानलाई सर्प पाल्न ७२ करोड अनुदान, औषधि उत्पादन गर्नेलाई आश्वासन मात्रै

Neuro Revised Adv
Koshi Dashain ad
नेताको प्रतिष्ठानलाई सर्प पाल्न ७२ करोड अनुदान, औषधि उत्पादन गर्नेलाई आश्वासन मात्रै

विराटनगर, ३ असोज । सरकारले झलथान खनालको नाममा खुलेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’लाई सर्प पाल्नका लागि भन्दै ७२ करोड रुपौयाँ बजेट उपलब्ध गराउन हस्ताक्षर गरिसकेको छ ।

सर्प पाल्न सुरु नहुँदै अनुदान दिने सहमति जनाएको सरकारले नेपालमै एन्टी स्नेक भेनम उत्पादन गर्ने तयारीमा रहेको उद्योगलाई भने सहयोग गरेको छैन ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–७ मा २५ जनाको समूहले एन्टी स्नेक भेनम सिरम रिसर्च एन्ड मेनुफेक्चरिङ प्रालिमार्फत् एन्टी स्नेक भेनम उत्पादनको तयारी गरेको छ । सो कम्पनीले छ महिनाभित्र परीक्षण उत्पादन थाल्ने तयारी गरेको छ । तर सरकारले भने आर्थिक र भौतिक सहयोग गरेको छैन । सरकारले सहयोग नगरे पनि एन्टी स्नेक भेनम सिरम रिसर्च एन्ड मेनुफेक्चरिङ प्रालिका अध्यक्ष लक्ष्मीप्रसाद फुयालका अनुसार छ महिनाभित्र परीक्षण उत्पादन सुरु हुनेछ ।

८८ करोड ६३ लाख लगानीमा सञ्चालन गर्न लागिएको एन्टी स्नेक भेनम सिरम रिसर्च एन्ड मेनुफेक्चरिङ प्रालिले वार्षिक १५ लाख भाइल एन्टी स्केन भेनम सेरम उत्पादन गर्ने तयारी गरेको छ ।

उद्योगको भवन निर्माणको शिलान्यास प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए ।

नेपालमा सर्पको विषविरुद्धको औषधि भारतबाट निर्यात गरिन्छ । यसको माग विश्वबजारमा उच्च छ । नेपालमै सर्पको विषविरुद्धको औषधि उत्पादन गरेर विदेश निर्यात गर्ने फुयालले बताए । प्रालिले वार्षिक लगभग एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख भाइल औषधि उत्पादन गर्ने लक्ष्य राखेको हो ।

१५ लाख भाइल उत्पादनका लागि उद्योगले पाँच सय घोडा र दुई सय सर्प पाल्ने तयारी गरेको छ । उद्योग पूर्ण क्षमतामा सञ्चालन भए ४०० भन्दा बढी मानिसले रोजगार पाउने छन् ।

सर्पदंशको उपचार गर्ने स्थान पनि सीमित भएका कारण सर्पको टोकाइले मर्ने मानिसको संख्या बढ्दो छ । ‘सर्पदंशको उपचार सीमित स्थानमा छ,’ फूयाल भन्छन्, ‘हाम्रो उदेश्य भोलि सर्पले टोकेर कोही नेपाली नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने हो ।’