birat ribon

लघुकथा: शैक्षिक भ्रमण

Neuro
लघुकथा: शैक्षिक भ्रमण

दीपक खनाल ‘अगम’

शैक्षिक भ्रमण जाने दिनभन्दा एक–डेढ महिनाअगावै भ्रमण शुल्क बुझाएर कक्षा नौ र दशका अधिकांश साथीहरू निकै हर्षित र उत्साहित माहोलमा थिए । तर, आर्जन क्षेत्री भने आफ्नो पारिवारिक गरिबीका कारण शुल्क बुझाउन नसक्दा भ्रमण जाने वा नजाने चिन्तित र दोहोरो मनस्थितिमा थियोे ।

cura insider

घरमा बाआमासँग भ्रमण र त्यस दिनहरूमा लाग्ने शुल्क पाँच सयको कुरा नउठाएको होइन । तर उसको परिवारमा यत्रो धेरै रकम तिर्ने सामथ्र्य थिएन । यति धेरै पैसाले उस्को परिवारमा लगभग २०-२५ दिनसम्मको गर्जाे टर्न सक्थ्यो । आर्जन भने साथी र शिक्षकहरुलाई अरु नेै कारण देखाउँदै ऊ भ्रमण जान नसक्ने र नमिल्ने कुरा व्यक्त गर्दै आएको थियो ।

एक दिन आर्जनको हविगत थाहा पाएर गुरुले एकान्तमा बोलाएर सोधे, ‘हेर आर्जन, यदि पैसाको कारण हो भने चिन्ता नगर म तलाई निःशुल्क वा जसरी पनि लाने प्रबन्ध मिलाउँछु । तर यो कुरा गोप्य हुनुपर्छ । कक्षा नोै र दशका सम्पूर्ण विद्यार्थीहरु जाने छन् । तँ यहाँ एक्लै बसेर पढाइ वा अरु क्रियाकलाप के नै हुन्छ र ?’ गुरुको कुरा सुनेर ऊ मौन भयो, केही बोल्नै सकेन । उसको मौनताको कारण बुझेर गुरुले भ्रमणको लागि तयार हुन आग्रह गर्नुभयो । भ्रमण जाने दिनमा सम्पूर्ण विद्यार्थीहरु विद्यालयको प्रांगणमा जम्मा भए । ऊ पनि सानो झोला बोकेर आयो । उसलाई देखेर केही हितैषी साथीहरू खुसी र आश्चर्यमा परे ।

छ रात, सात दिनको पूर्व मेची र कोसीको भ्रमण उसको जीवनमा सबैभन्दा रमाइलो र अविस्मरणीय हुन पुगेको थियो भन्दा फरक नपर्ला । एक दिन शैक्षिक भ्रमणपश्चात खर्च र उठेको रकमको हिसाब विवरण निकाल्ने क्रममा जब उसले फाइल हेर्ने मौका पायो । उ छक्क भयो । र, मानवता जीवितै रहेकोमा एक दिन रहस्य पत्ता लगाउने निर्णयमा पुग्यो ।

jackson ribon