birat ribon

चोरीका ती कृति

Neuro
चोरीका ती कृति

किरण अन्जान

देखिँदा रैछ प्राणी त त्यस्ता पनि
लेख्दछन् चोर्दै बन्न ठूला अनि
योग्यभन्दा बरु बित्तको जोडमा
आतुरी बन्दछन् पार्न उच्च छवि ।।

cura insider

मोल्दछन् पाउ हातै पसारो परी
पाउने आसमा मञ्चको सम्मति
लाज भन्ने कुरा छैन बन्दै कति
कुर्लिदै पढ्दछन् चोरीका ती कृति ।।

पाउने लालसा मञ्चको वाहवाही
गैरका लेख ती चोर्दछन् पातकी
पाउँछन् चोरले वाह ! चारैतिर
खान्छ लेख्नेहरु एक तीखो तीर ।।

jackson ribon