birat ribon

गण्डकीमा थपिए १५ संक्रमित

Neuro
गण्डकीमा थपिए १५ संक्रमित

पोखरा, ३ असोज । गण्डकी प्रदेशमा १५ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ३५१ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए । प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ३२ जनाको मृत्यु भएको छ ।

cura insider

थपिनेमा नवलपरासी (बर्दाघाट सुस्तापूर्व) का ११, पर्वतका दुई तथा स्याङ्जा र लमजुङका एक–एकजना छन् । पछिल्लो २४ घण्टामा ९२६ जनाको पीसीआर परीक्षण गरिएकामा ५६ जनाको कोरोना पुष्टि भएको तथा ७८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

सो अवधिमा एकको मृत्यु, चारजना निको भएको तथा ८५ जनामा पुनः पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।

jackson ribon