birat ribon

यथास्थिति र प्रगतिशीलबीच टसल छ

Neuro
यथास्थिति र प्रगतिशीलबीच टसल छ

शिवकुमार मण्डल

नेपालको संविधान राजनैतिकरुपमा प्रप्त भएको महत्वपूर्ण उपलब्धि हो । धेरै ठूलो बलिदानीपछि जनताले आफ्नो संविधान पाएका थिए । संविधान निर्माणको समय सम्झनु पर्दा संविधानसभाभित्र दुई ध्रुव थियो । एउटा कित्ता संविधानलाई सामान्य परिवर्तन गरेर ल्याउने पक्षमा थिए । लामो समयको संघर्षपछि आएको अर्को कित्ता नयाँ कानुन निर्माण गर्ने पक्षमा थियो । नयाँ मूल्य मान्यता स्थापित गराउन चाहन्थ्यो ।

cura insider

संविधानसभामा दुईवटा ट्रेन्ड थियो । त्यसको बीचमा ठूलो संघर्ष भएको थियो । त्यही संघर्षको बीचबाट संविधान आएको हो । यस दौरान संविधान निर्माणमा धेरैतिरको इन्ट्रेस्ट रहेको थियो । नेपालको संविधान निर्माणको समयमा पश्चिम, दक्षिण सबैतर्फका इन्ट्रेस्ट राखेका थिए ।

माओवादी आन्दोलनले जुन कुरा उठाएको थियो, त्यसलाई संविधानमा जस्ताको त्यस्तै राख्न भने सकिएन । हामीले अपेक्षा गरेका सबै नसमेटिए पनि केही भने समेटियो । अरुका केही कुरा समेटिएर आयो । यो एउटा सम्झौताको दस्तावेजको रुपमा नेपालको संविधान जारी भयो ।

संवैधानिक, सांस्कृतिक, भौगोलिक जस्ता सबैखाले अधिकार संविधानले दिएको छ । यद्यपि यसको कार्यान्वयनमा भने जटिलता देखिएको छ । संविधान कार्यान्वयन राम्रो छैन । स्थानीय सरकार, प्रदेश सरकारको परिकल्पना संविधानले गरेअनुसार हुन सकेको छैन । यसअघिको संविधानमा पनि धेरै अधिकार थिए । यसमा समावेशी, समानुपातिक व्यवस्थासहित सबै वर्ग र क्षेत्रलाई समेटेको छ । जनताका समस्या र जनसरोकारका विषयमा संविधानले कल्पनला गरेअनुसारको मार्गमा काम भने हुन सकेको छैन । संविधानले जनतालाई दिएको अधिकारअनुसार सबै ठाउमा सहज पहुँच पुग्न सकेको छैन ।

अहिले पनि विगतको मानसिकताको कारणले भ्रष्टचार रोकिन सकेको छैन । जनताले स्थानीयस्तरको अधिकारमा समेत जनताको पहुँच छैन । ब्युरोक्रेसी पुरानै रवैया कायमै रहेको छ ।

संविधानले दिएका सबै अधिकार अझै प्रभावकारीरुपमा कार्यान्वयन हुन सकेको छैन । यथास्थितिवाद र प्रगतिशील विचारधारामा अझै पनि टसल छ । यद्यपि यो निरन्तरको प्रक्रिया हो । यसै क्रममा कार्यान्वयन पनि हुँदै जानेछ ।

(दोस्रो संविधानसभा सदस्य मण्डलसँग यज्ञ अधिकारीले गरेको कुराकानीको सम्पादित अंश)

jackson ribon