birat ribon

हुस्सैन हब्बेसका दुई कविता

Neuro
हुस्सैन हब्बेसका दुई कविता
हुस्सैन हब्बेस

एउटा बच्चा जसले सबथोक गुमायो

मेरो खुट्टा कता छ ? म चराहरुको पछि दौडिन चाहन्छु
मेरो हात कता छ ? म पुतलीहरुका लागि ताली बजाउन चाहन्छु
मेरो दाइ कता छ ? म उसित खेल्न चाहन्छु
मेरो दिदी कता छ ? म उसित जिस्किन चाहन्छु
मेरा बाबा कता छन् ? म उहाँसित बजार जान चाहन्छु
मेरी आमा कता छिन् ? म उहाँको न्यानो काखमा बस्न चाहन्छु
मेरा साथीहरु कता छन् ? म उनीहरुसित स्कूल जान चाहन्छु ।

एउटा विचलित बच्चा
जसले हवाइ बमबारीमा गुमाए
उसको दाजु, दिदी, बाबा, आमा र शरीरको आधी भाग
अहिले ऊ स्थानीय अस्पतालमा पल्टिएको छ
ऊ सपनामा चराहरुको पछि दौडिँदै छ
पुतलीहरुको लागि ताली बजाउँदै छ
उसको दाइसित खेल्दै छ
उसको दिदीसित जिस्किँदै छ
उसका बाबासित बजार जाँदै छ
उसको आमाको काखमा बसेको छ
अनि उसको साथीहरुसित स्कुल जाँदै छ ।

cura insider

दोकान गएकी एउटी केटीको कथा

मैले आफ्नो स्कुललाई यति धेरै सम्झेको छु कि
मैले आफ्नो आमालाई भनेँ म नजिकको पसलमा गएर
सिसाकलम, नोटबुक र रबर किन्छु
गल्लीमा, म खुसीले गीत गाउँदै थिएँ
अचानक मैले आफ्नो रगतका थोपाहरु
भुइँमा खसिरहेको देखेँ
मैलै आफ्नो टाउको छामेँ
मैले त्यहाँ एउटा गोली लागेको पाएँ
मैले हत्याराको अनुहार सम्झेँ
जो बिल्डिङमाथि थियो
उ मेरो अनुहारमाथि आफ्नो पहेँलो हाँसो हाँस्दै थियो
मेरी आमालाई मलाई एक्लै पठाएकोमा पछुतो भयो
उनी यति धेरै रोइन्
मेरा बाबा रोए
मेरो दाइ रोयो
मेरो गुडिया रोइन्
म स्वर्गबाट आफ्नो हात फैलाउँदै थिएँ
उनीहरु सुन्निएको आँखाबाट आँसु पुछ्दै थिएँ
र उनीहरुको दुखेको मुटुलाई सान्त्वना दिँदै थिएँ ।

अनुवाद : चन्द्र गुरुङ

jackson ribon