birat ribon

प्रयोगशाला नलगी ९० मिनेटमा भाइरस पत्ता लगाउने नयाँ परीक्षण विधि

Neuro
प्रयोगशाला नलगी ९० मिनेटमा भाइरस पत्ता लगाउने नयाँ परीक्षण विधि

विराटनगर, ३ असोज । ९० मिनेटमा कोरोना भाइरस संक्रमणको नतिजा पाउने परीक्षण विधिको विकास गरिएको छ ।

डीएनए नज नामक कम्पनीले बनाएको उपकरणबाट कुनै विशेष प्रयोगशालामा नमुना नलगी ९० मिनेटमा कोरोना भाइरस संक्रमणको नतिजा पाउन सकिने वैज्ञानिकहरूले बताएका छन् । लान्सिट माइक्रोब नामक वैज्ञानिक जर्नलमा उल्लेख गरेअनुसार इम्पीरीअल कलेज लन्डनले गरेको अध्ययनमा ल्याब अन अ चिपले अहिले प्रचलनमा भएको परीक्षणको जस्तै परिणाम देखाउँछ ।

cura insider

घाँटी वा नाकमा स्वाब हालेर नमुना संकलन गर्न सक्ने जोसुकैले पनि यो उपकरण प्रयोग गर्न सक्ने बताइएको छ । अध्ययनमा तीन सय ८६ व्यक्तिबाट संकलित नमुनाहरू डीएनए नजको उपकरण र प्रचलित विधिबाट परीक्षण गरिएको थियो । इम्पीरीअल कलेज लन्डनका प्राध्यापक ग्रेअम कुकले दुबैको नतिजा उस्तै रहेको बताए ।

युकेको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसद्वारा सञ्चालित आठवटा अस्पतालमा बिरामीहरूमा कोरोना भाइरसको संक्रमण पत्ता लगाउन उक्त उपकरण प्रयोग भइरहेको छ । एक दिनमा एउटा उपकरणले जम्मा १६ वटा मात्र नमुना जाँच्न सक्छ । प्राध्यापक कुकका अनुसार तत्काल कुनै चिकित्सकीय निर्णय गर्नुपर्ने अवस्थामा यो उपकरण उपयुक्त हुन्छ ।

विश्वभरि गर्नुपर्ने व्यापक परीक्षणका लागि यो विकल्प नभए पनि वैज्ञानिकहरूले यो परीक्षण विधि अस्पतालहरूमा भविष्यमा अझ उपयोग हुनसक्ने बताएका छन् । यस उपकरणबाट कोरोना भाइरसमात्र नभई रुघा तथा बालबालिकामा श्वासप्रश्वासम्बन्धी समस्या उत्पन्न गराउने सिन्सिसियम भाइरसको परीक्षण एकैचोटि गर्न सकिन्छ ।

jackson ribon