birat ribon

लक्ष्मी र जीवनको अन्तरजातीय प्रेमका कारण टाढिएका आफन्त (भिडियोसहित)

Neuro
लक्ष्मी र जीवनको अन्तरजातीय प्रेमका कारण टाढिएका आफन्त (भिडियोसहित)

विराटनगर, ३ असोज । ‘तिमीसित माया गर्दा’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतको भिडियोलाई ‘बिहान इन्टरटेनमेन्ट’ को युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । रमेश नम्हाङ राईको शब्द तथा संगीत रहेको गीतमा गायक रोशन राई र गायिका मेलिना राईले आवाज भरेका छन् । गीतलाई फणिन्द्र राईले एरेन्ज गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा कलाकार जीवन भट्टराई र लक्ष्मी वर्देवाको अभिनय रहेको छ ।

cura insider

लक्ष्मी र जीवनकै निर्देशन तथा कन्सेप्टमा तयार भएको भिडियो अन्तरजातीय प्रेमका कारण आफ्नाहरू टाढा भएको देखाइएको छ । मन छुने मार्मिक भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् भने भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका छन् ।

jackson ribon