birat ribon

झारफुक गरेर सन्तान हुने बनाइदिन्छु भन्दै बलात्कार प्रयास

Neuro
झारफुक गरेर सन्तान हुने बनाइदिन्छु भन्दै बलात्कार प्रयास

विराटनगर, ३ असोज । विराटनगरमा एक विवाहित महिलालाई झारफुक गरेर सन्तान हुने बनाइदिन्छु भन्दै बलात्कार प्रयास गरिएको घटना बाहिरिएको छ ।

बिहे गरेको छ वर्षसम्म पनि सन्तानविहीन रहेकी महिलालाई झारफुक गर्ने बहानामा बलात्कारको प्रयास गर्ने विराटनगर महानगरपालिका–१८ का ३५ वर्षीय बौना रामलाई प्रहरीले पक्राउ गरेको छ । राम गाउँघरमा धामीझाँक्रीको काम गर्दै हिँड्ने व्यक्ति हुन् । महिलामाथि बलात्कारको प्रयास गरेको पाइएपछि उनलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । झारफुक गरेर सन्तान हुने बनाइदिन्छु भन्दै धामीझाँक्रीको काम गर्ने व्यक्तिले महिलामाथि बलात्कारको प्रयास गरेको पाइएको उनको भनाइ छ ।

cura insider
झारफुकको बहानामा महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरेका बौना राम ।

‘बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएका कारण निराश बनेर पुगेकी एक महिलालाई झरफुक गरेर गर्भ रहने बनाइदिन्छुभन्दै धामीझाँक्रीको काम गर्ने व्यक्तिले आफ्नै घरभित्र बलात्कार प्रयास गरेको खुलेको छ,’ एसपी खड्काले भने, ‘सन्तानको आशमा महिला आफूसँग शरण परेको मौका छोप्दै घटना गराउन खोजेको देखिन्छ ।’ भदौ २५ गते बिहान महिलामाथि रामले घरकै पूजा कोठामा लगेर बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ ।

गाउँमै रहेका धामीझाँक्रीको काम गर्ने व्यक्तिले झारफुक गर्दै सन्तान हुने बनाइदिन्छन् भनेर आफन्तले सल्लाह दिएपछि महिला आफ्ना श्रीमानलाई लिएर रामको घरमा पुगेको पाइएको छ । त्यसक्रममा एक लिटर दूधमा खीर पकाउन लगाउँदै खान दिएर आफूमाथि बलात्कार गर्न खोजिएको जानकारी महिलाले प्रहरीलाई दिएकी छन् । उक्त खीर महिलालाई नै पकाउन लगाइएको थियो ।

खीर पाकिसकेपछि श्रीमानलाई दिएर बाहिर पठाउँदै आफूलाई पूजा कोठामा लगेर खान दिएको पीडित महिलाले बताएकी छन् । विभिन्न कुरा मिसाएर बनाएको खीर खान दिएसँगै आफू शरीर आलसतालस भएर सबै कुरा राम्ररी थाहा नपाउने अवस्थामा पुगेपछि अँगालो हाल्दै आफैले कपडा खोलेर बलात्कारको प्रयास गरेको उनले बताइन् ।

घटना महिलाकै श्रीमानले देखेपछि छरछिमेकीलाई बोलाएका थिए । पीडितको जाहेरीका आधारमा धामीझाँक्रीको काम गर्दै आएका पुरुषलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गर्दा महिलामाथि बलात्कार प्रयास भएको खुलेको जानकारी प्रहरीले दिएको छ । पक्राउ परेका पुरुषविरुद्ध प्रहरीले जबरजस्ती करणी उद्योगको मुद्दा चलाउन शुक्रबार म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ ।

jackson ribon