birat ribon

आज नेपाली जनताले ऐतिहासिक संविधान प्राप्त गरेको दिन

Neuro
आज नेपाली जनताले ऐतिहासिक संविधान प्राप्त गरेको दिन

विराटनगर, ३ असोज । संविधानसभाले संघीयतासहितको नयाँ संविधान जारी गरेको दिनको सम्झनामा आज (शुक्रबार) नेपालमा छैटौं संविधान दिवस मनाइँदैछ ।

संविधान जारी भएको दिनको स्मरण गर्दै प्रत्येक वर्ष असोज ३ गते यस दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ । २०७२ साल असोज ३ गते नेपालले ऐतिहासिक संविधान पाएको थियो । कोरोना संक्रमणको जोखिमका कारण सीमित सहभागीतामा सैनिक मञ्च टुँडिखेलमा संक्षिप्त तर विशेष समारोह आयोजना गरिँदै छ ।

cura insider

समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्रै सहभागी हुनेछन् ।

नयाँ संविधान जारी भएको पाँच वर्ष पूरा भए पनि कार्यान्वायन चुनौतीपूर्ण बनिरहेको छ ।
पहिलो संविधानसभा संविधान बनाउन सफल नहुँदा दोस्रो संविधानसभाले संविधान जारी गर्नु पर्ने अवस्था आएको थियो । संविधानले देशलाई संघीय व्यवस्थामा लगे पनि संघीयताले सक्रिय रुपमा काम गर्न नसकेको अवस्था छ । जसका कारण संघीयताप्रति नै जनतामा वितृष्णा पैदा हुनसक्ने स्थिति उत्पन्न भएकोभन्दै सबैले चिन्ता व्यक्त गर्न थालेका छन् ।

सरकारले घरमै बसेर राष्ट्रिय झण्डा फहराउँदै संविधान दिवस मनाउन सबै नेपालीलाई आह्वान गरेको छ । काठमाडौंमा सीमित उपस्थितिमा हुने समारोहबाहेक यो वर्ष कोरोना भाइरसको महामारीका कारण संविधान दिवसमा अरु कुनै सार्वजनिक कार्यक्रम हुने छैनन् । अघिल्ला वर्षहरुमा मन्त्री, सांसद, कूटनीतिक नियोगका प्रतिनिधि, कर्मचारी, कलाकार, विद्यार्थी, सुरक्षाकर्मी, पेशाकर्मी लगायतको उपस्थिति र सक्रिय सहभागितामा विभिन्न जातीज झाँकीसहित कार्यक्रमको आयोजना गर्ने गरिएको थियो ।

विशेष समारोहबाट प्रधानमन्त्री ओलीले संविधान दिवसको शुभकामना सन्देशसहित देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । यो दिनलाई सबै नेपालीले विशेष दिनका रुपमा लिने भएकाले प्रधानमन्त्रीले देशवासीका नामा सम्बोधन गर्न लागेका हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको कार्यान्वयनमार्फत नागरिकको हित र मुलुकको समृद्धि हाँसिल गर्न सकिने विश्वास व्यक्ति गरेकी छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७७ अवसरमा शुभकामना व्यक्त गर्दै उनले गणतन्त्रको स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा अमूल्य जीवन गुमाउने ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिन् ।

मुलुकमा लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका आन्दोलनको पथप्रदर्शन गर्ने अग्रजप्रति सम्मान एवं श्रद्धासमेत भण्डारीले व्यक्त गरेकी छन् ।

jackson ribon