birat ribon

शाल्केको पोस्टमा बायर्नको आठ गोल, ग्नाब्रीको ह्याट्रिक

Neuro
शाल्केको पोस्टमा बायर्नको आठ गोल, ग्नाब्रीको ह्याट्रिक

विराटनगर, ३ असोज । नयाँ सिजनको जर्मनको शीर्ष डिभिजन लिग बुन्डेसलिगामा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले शानदार सुरुआत गरेको छ ।

शुक्रबार राति पहिलो खेल खेलेको बायर्नले शाल्केमाथि ८–० गोलको फराकिलो जित निकाल्दै सुखद सुरुआत गरेको हो ।

cura insider

बायर्नको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन सर्जी ग्नाब्रीले ह्याट्रिक गरे भने लियोन गोरेट्जा, रोबर्ट लेवान्डोस्की, थोमस मुलर, लेरियो साने र जमल मुसियलाले समान एक–एक गोल गरे ।

ग्नाब्रीले खेलको चौथो मिनेटमा गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाए । १९औं मिनेटमा गोरेट्जाले गोल गरेपछि बायर्नको अग्रता दोब्बर भयो ।

३१औं मिनेटमा बायर्नले पेनाल्टीको मौका पाएको थियो, जसमा लेवान्डोस्कीले गोल गर्दै पहिलो हाफभरि ३–० गोलको अग्रता दिलाए ।

खेलको ४७औं मिनेटमा र ५९औं मिनेटमा ग्नाब्रीले गोल गर्दै ह्याट्रिक पूरा गरे र बायर्नलाई ५–० गोलको अग्रता दिलाए ।

६९औं मिनेटमा मुलरले, ७१औैं मिनेटमा सानेले र ८१औं मिनेटमा मुसियालाले गोल गरेपछि बायर्नले ८–० गोलको फराकिलो जित निकालेको हो ।

जितसँगै बायर्नले ३ अंक जोडेको छ । अघिल्लो सिजन बायर्नले बोरुसिया डर्टमुण्डलाई पछाडि छोड्दै उपाधि जितेको थियो ।

jackson ribon