birat ribon

अधिकृतसम्मको सरुवा रोक्का

Neuro
अधिकृतसम्मको सरुवा रोक्का

विराटनगर, ३ असोज । सरकारले कार्यालय सहयोगीदेखि अधिकृतसम्मको सरुवाका सबै प्रक्रिया रोक्का गरेको छ ।

यही आगामी २४ असोजमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन हुने भएकाले सो अवधिसम्म अधिकृतसम्मका सबै कर्मचारीको सरुवा रोक्का गरिएको हो । सो निर्वाचनमा मतदाताका रूपमा कार्यालय सहयोगीदेखि अधिकृतसम्मका कर्मचारी रहन्छन् । त्यसैकारण उनीहरूको सरुवा रोकिएको हो ।

cura insider

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै १ असोजदेखि २४ असोजसम्म सरुवा तथा काजसम्बन्धी सबै प्रक्रिया रोक्का गरिएको जानकारी दिएको हो । सो सूचनाअनुसार उपसचिवदेखि सचिवसम्मको सरुवा प्रक्रिया भने रोकिनेछैन । कानुनतः उपसचिवदेखि सचिवसम्मका कर्मचारीलाई ट्रेड युनियन अधिकार छैन त्यसैले उनीहरूले निर्वाचनमा भाग लिन पाउँदैनन् । आजको राजधानी दैनिकमा समाचार छ

jackson ribon