birat ribon

अमेरिकामा संक्रमित संख्या ७० लाख नजिक

Neuro
अमेरिकामा संक्रमित संख्या ७० लाख नजिक

विराटनगर, ३ असोज । विश्वमा कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा संक्रमित संख्या ७० लाख नजिक पुगेको छ ।

आफूलाई विश्कै शक्तिसाली भनेर दाबी गर्ने अमेरिकामा पछिल्लो २४ घण्टामा ४९ हजार तीन सय १२ नयाँ बिरामी थपिएसँगै संक्रमित संख्या ६९ लाख २३ हजार नौ सय आठ पुगेको हो । अमेरिकामा हालसम्म कोरोना संक्रमित दुई लाख तीन हजार एक सय ३२ जनाको मृत्यु भइसकेको छ । एकै दिन नौ सय १९ जनाले ज्यान गुमाए ।

cura insider

संक्रमितमध्ये ४१ लाख ८७ हजार ७० जना उपचारपछि निको भएका छन् । २५ लाख ३३ हजार सात सय छ जना उपचाररत रहेकोमा १४ हजार दुई सय ५५ जनाको अवस्था गम्भीर रहेको वाल्डो मिटरले जनाएको छ ।

कोरोनाबाट प्रभावित हुनेमध्ये दोस्रो नम्बरमा रहेको अमेरिकामा हालसम्म संक्रमित संख्या ५३ लाख पाँच हजार चार सय ७५ पुगेको छ । २४ घण्टाभित्र ९३ हजार सात सय ८९ जना नयाँ संक्रमित थपिए । छिमेकी मुलुक भारतमा पछिल्लो समय विश्वका अरु मुलुकभन्दा संक्रमण दर उच्च छ ।

हालसम्म ८५ हजार छ सय २५ जना संक्रमितले ज्यान गुमाइसके । एक दिनमा एक हजार दुई सय २१ जनाको मृत्यु भयो । ४२ लाख पाँच हजार दुई सय एक जना संक्रमित उपचारपछि घर फर्किएका छन् । १० लाख १४ हजार छ सय ४९ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

कोरोना प्रभावितमध्ये विश्वमा तेस्रो नम्बरमा रहेको ब्राजिलमा हालसम्म संक्रमित संख्या ४४ लाख ९७ हजार चार सय ३४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३९ लाख नौ सय ९१ नयाँ संक्रमित थपिए । एक लाख ३५ हजार आठ सय ५७ संक्रमितको मृत्यु भइसकेको वाल्डो मिटरले जनाएको छ । आठ सय २६ जनाले एकै दिनमा ज्यान गुमाए ।

३७ लाख ८९ हजार एक सय ३९ संक्रमित उपचारपछि कोरोना जित्दै घर फर्किन सफल भएका छन् । पाँच लाख ७२ हजार चार सय ३८ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड छ लाख ८२ हजार दुई सय ९० पुगेको छ । एकै दिन तीन लाख १० हजार नौ सय ३३ नयाँ संक्रमित थपिए । नौ लाख ५५ हजार छ सय ५५ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा पाँच हजार तीन सय ८५ जनाको ज्यान गयो ।

दुई करोड २३ लाख २१ हजार छ सय २९ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । ७४ लाख पाँच हजार छ जना उपचाररत रहेकोमा ६१ हजार तीन सय ६१ जनाको अवस्था गम्भीर छ ।

jackson ribon