birat ribon

बेल टोटनह्याम फर्किने पक्का

Neuro
बेल टोटनह्याम फर्किने पक्का

एजेन्सी, २ असोज । रियल मड्रिडका स्ट्राइकर ग्यारेथ बेल टोटनह्याम हटस्पर फर्किने पक्का भएको छ । टोटनह्यामसँग लोनको सम्झौताका लागि वेल्सका स्टार बेल लण्डन आइपुगेका हुन् ।

मड्रिडबाट निजी जेटमा लण्डनको लुटोन विमानस्थनलमा आइपुगेका बेल टोटनह्यामको प्रशिक्षणस्थल पनि पुगेका छन् । उनी एक सिजनका लागि लोनमा टोटनह्याम फर्किने पक्का भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

cura insider

बेलले मेडिकलपछि टोटनह्यामसँग सम्झौता गर्ने बताइएको छ । रियल र टोटेनह्यामबीच सहमतिसमेत बनेको बताइएको छ । बेल एक वर्षको १३ मिलियन पाउण्डमा लोनमा टोटनह्याम आउने भएका हुन् ।

सन् २०१३ मा इंग्लिस क्लब छोडेर स्पेनको राजधानी मड्रिड गएका बेल पछिल्लो समय प्रशिक्षक जिनेदिन जिदान नेतृत्त्वको टोलीमा पर्न छाडेका थिए । ३१ वर्षीय बेलले पछिल्लो सिजनमा सबै प्रतियोगिता गरेर १६ खेल मात्र खेल्ने मौका पाए ।

सात वर्ष बर्नाबेउमा बिताएका बेलले रियलबाट चार वटा च्याम्पियन्स लिगको उपाधि जितिसकेका छन् । रियलको जर्सीमा २५१ खेल खेलेका बेलले १०५ गोल गरेका छन् भने दुई वटा ला लिगाको उपाधि जितिसकेका छन् ।

jackson ribon