birat ribon

इंग्ल्याण्डभरि फेरि लकडाउन हुनसक्ने

Neuro
इंग्ल्याण्डभरि फेरि लकडाउन हुनसक्ने

इंग्ल्याण्ड, २ असाेज । बेलायतको सरकारले कोरोना भाइरस महामारीको प्रतिरोध गर्न इंग्ल्याण्डमा फेरि कडा नियन्त्रणको उपाय लकडाउन गर्न सकिने बताएको छ ।

हरेक हप्तामा अस्पताल भर्ना दरमा दोब्बर वृद्धि भइरहेको अवस्थामा सरकारी अधिकारीले उक्त सम्भावनालाई उल्लेख गरेका हुन् ।

cura insider

स्वास्थ्यमन्त्री म्याट ह्यानककले भने, “हामीले राष्ट्रि यरूपमा लकडाउन गर्ने अवस्था नआओस् भन्ने चाहन्छौँ । तर यदि आवश्यक परेमा उक्त विकल्पका लागि पनि हामी तयार रहनुपर्छ । हामी ज्यान बचाउने र जीविकोपार्जनका उपायलाई सहज पार्ने दुवै विकल्पका लागि तयार छौं ।”

शुक्रवारदेखि उत्तरपूर्वी इङ्गल्याण्ड राज्यका विभिन्न स्थानमा प्रतिबन्ध लगाएपछि थप स्थानीय कदम चाल्ने चेतावनी उनले बताए । रासस

jackson ribon