birat ribon

भारतसँग सीमा समस्याको विषयमा छिट्टै वार्ता हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

Neuro
भारतसँग सीमा समस्याको विषयमा छिट्टै वार्ता हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

बुटवल, २ असोज । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंँगको सीमा समस्याको विषयमा छिट्टै वार्ता हुने बताएका छन् ।

प्रेस सङगठन नेपाल, रुपन्देहीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले कूटनीतिक संवाद र छलफलबाट सीमा समस्याको समाधान गरिने बताए ।

cura insider

नेपाल कुनै छिमेकी मुलुकतिर नढल्किने स्पष्ट पार्दै सीमा समस्या समाधानलगायत विषयमा प्रधानमन्त्रीस्तरमा भारतसँग चारपटक फोन संवाद भएको जानकारी दिए । खोसिएको भूभाग फिर्ता लिन नयाँ नक्सा जारीपछि थप ऊर्जा थपिएको बताउँदै उनले बताए ।

उनले भने, ‘निश्चित प्रयोजनका लागि वर्षौँ पहिले बसेका भारतीय सेना अब हट्नुपर्छ । उसले नेपाललाई आफ्नो भूभाग उपयोग गर्न दिनुपर्छ ।’

सरकारका प्रवक्ता ज्ञवालीले विकासका विषयमा भारसँग सम्बन्ध सुदृढ बन्दै गएको बताउँदै भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरालगायत क्षेत्रको नेपाली भूमि फिर्ता गर्न भारतसँग छिट्टै वार्ता हुनेसमेत विश्वास व्यक्त गरे ।

jackson ribon