Rumpum Advertisement

काठमाडौं उपत्यकामा थपिए ८५९ संक्रमित

Neuro Revised Adv
Koshi Dashain ad
काठमाडौं उपत्यकामा थपिए ८५९ संक्रमित

काठमाडौं, १ असोज । काठमाडौं उपत्यकामा बिहीबार थप ८५९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८५९ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका संक्रमितहरू काठमाडौंका ६९८ जना, ललितपुरका ७९ जना र भक्तपुरका ८२ जना रहेका छन् ।