Rumpum Advertisement

कोरोनाबाट मृत्यु हुनेको संख्या ३९० पुग्यो

Neuro Revised Adv
Koshi Dashain ad
कोरोनाबाट मृत्यु हुनेको संख्या ३९० पुग्यो

विराटनगर, २ असोज । नेपालमा शुक्रबार थप ७ जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप सात जनाको मृत्यु भएको जानकारी दिएको छ ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ ।

शुक्रबार थप २ हजार २० जना संक्रमित भेटिएका छन् । यससँगै संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८७१ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।