Rumpum Advertisement

आज एकै दिन थपिए २ हजार २० संक्रमित

Neuro Revised Adv
Koshi Dashain ad
आज एकै दिन थपिए २ हजार २० संक्रमित

विराटनगर, २ असोज । नेपालमा शुक्रबार थप २ हजार २० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ४५८ जनाको परीक्षणमा थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८७१ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

शुक्रबार थप ७ जनाकाे ज्यान गएसँगै कोरोनाबाट मृत्यु हुनेकाे संख्या ३९० पुगेकाे छ ।