Rumpum Advertisement

शुक्रबार थप ८७१ जनाले जिते कोरोना

Neuro Revised Adv
Koshi Dashain ad
शुक्रबार थप ८७१ जनाले जिते कोरोना

विराटनगर, २ असोज । नेपालमा शुक्रबार थप ८७१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ८७१ जना कोरोना संक्रमणबाट निको हुँदै घर फर्किएको जानकारी दिएको छ ।

यससँगै कोरोनामुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको छ ।

शुक्रबार थप २ हजार २० जना संक्रमित भेटिएका छन् । यससँगै संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ ।

शुक्रबार थप ७ जनाकाे ज्यान गएसँगै कोरोनाबाट मृत्यु हुनेकाे संख्या ३९० पुगेकाे छ ।