Rumpum Advertisement

लिभरपुलका लागि बायर्नबाट बिदा भए थियागो

Neuro Revised Adv
Koshi Dashain ad
लिभरपुलका लागि बायर्नबाट बिदा भए थियागो

विराटनगर, २ असोज । बायर्न म्युनिखका मिडफिल्डर थियागो अल्कान्टाराले क्लबसँग बिदा मागेका छन् ।

प्रियिमर लिग क्लब लिभरपुल आउन लागेका स्पेनिस मिडफिल्डर थियागोले सामाजिक सञ्जाल ट्वीटरमार्फत बायर्नसँग बिदा मागेका हुन् ।

शुक्रबार एक भिडियोसहित ट्वीट गर्दै थियागोले बायर्न सधैं महान क्लब भएको बताए । उनले लेखेका छन्, ‘बायर्न सधैं महान क्लब हो । बायर्न मेरा लागि सधैं घरको एउटा पाटो हो ।’

उनलाई इंग्लिस क्लब लिभरपुलले २५ मिलियन पाउण्डमा अनुबन्धन गर्न सहमति जनाएको बताइएको छ । ‘स्काइ स्पोर्ट्स’ का अनुसार लिभरपुलले २९ वर्षीय थियागोसँग ४ वर्षको सम्झौता गर्ने भएको छ ।

उनले प्रिमियर लिग क्लबमा ६ नम्बरको जर्सी लगाउनेसमेत पक्का भइसकेको खबरमा जनाइएको छ ।

सन् २०१३ मा बार्सिलोनाबाट जर्मन गएका उनले बायर्नबाट अघिल्लो सिजन च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

सात वर्षे जर्मन बसाइका क्रममा उनले ७ पटक बुन्डेसलिगा र चार पटक जर्मन कपको उपाधिसहित १७ वटा उपाधि जितेका थिए ।