Rumpum Advertisement

‘वैज्ञानिक र खोपमाथि विश्वास गर्नु, ट्रम्पलाई होइन’

Neuro Revised Adv
Koshi Dashain ad
‘वैज्ञानिक र खोपमाथि विश्वास गर्नु, ट्रम्पलाई होइन’

विराटनगर, २ असोज । अमेरिकाका राष्ट्रपति पदका उम्मेदवार जोए बाइडेनले आफूले खोप र वैज्ञानिकहरूलाई विश्वास गर्ने तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वास नगर्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले कतिपय अवैज्ञानिक, अव्यवहारिक र अस्वभाविक कुरा गरेको त्यस्ता कुरामा विश्वास गरेको भन्दै उनले आलोचना पनि गरे ।

ट्रम्पका धेरै गतल भूमिकाले अमेरिका र अमेरिकीहरूलाई क्षति पुगेको भन्दै उनले ट्रम्पलाई विश्वासन नगर्न पनि आह्वान गरे ।

अमेरिकाको आगामी राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धी ट्रम्प र बाइडेनले कोरोना भाइरसको नियन्त्रण र त्यसका लागि गर्ने प्रयासका विषयलाई लिएर मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् ।

बाइडेनले कोरोना भाइरसविरुद्धको खोपमा ट्रम्पले राजनीति गरेको हुनसक्ने आशंका पनि गरे ।

सार्वजनिक स्वास्थ्य विज्ञहरूसँग कोरोना भाइरसको नियन्त्रण र त्यसका लागि गर्नुपर्ने र गर्न सकिने कामका बारेमा परामर्श गरेपछि उनले यस्तो बताएका हुन् ।

“म वैज्ञानिकहरुलाई विश्वास गर्छु, म खोपमा विश्वास गर्छु, तर म डोनाल्ड ट्रम्पलाई विश्वास गर्दिनँ,” उनले भने ।

अमेरिकी नागरिकहरूले पनि आफूले जस्तै वैज्ञानिकहरू र खोपमा विश्वास गर्ने र ट्रम्पलाई विश्वास नगर्ने दाबी गरे ।रासस